Introduction
प्यूठान उद्योग वाणिज्य संघ २०४८ सालमा स्थापित एक जिल्ला स्तरीय संघ हो । स्थानीय व्यवसायीहरुको हक, हितको रक्षा गर्दै उद्योग र वाणिज्य क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापित यस संघको प्रारम्भिक नाम व्यापार संघ प्यूठान रहेको थियो । २०५२ सालमा कार्यक्षेत्र विस्तार संगै नयाँ नयाँ चुनौति र जिम्मेवारी पनि संगसंगै थपिदै गएको छ । सदस्यहरुको संख्यामा भएको क्रमिक बृद्धीसंगै उनिहरुको आवश्यकता र चाहना पनि थपिंदै जाने हुनाले संघको गतिविधी र कार्यक्रमहरुलाई पनि व्यापकता दिनुपर्ने भएको छ ।
हाल संघमा २८०० भन्दा वढि साधारण सदस्य, ५ वस्तुगत सदस्य २८ आजिवन सदस्यहरु, एशोसियट सदस्य १ रहेको यस संघ विभिन्न स्थानीय निकाय र सहयोगी संस्थाहरुसंग हातेमालो गर्दै सम्पुर्ण उद्योगी तथा व्यापारीहरुको सेवामा तल्लीन हुदै एक प्रभावकारी र सशक्त संगठनको रुपमा संघ स्थापित भईसकेको छ । महासंघबाट ख वर्गमा ४६ औं साधारण सभामा सम्मानित भएको छ ।