माननिय सामान्य प्रशासन मन्त्री रेखा शर्माज्यूसंग स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न

माननिय सामान्य प्रशासन मन्त्री रेखा शर्मा ज्यूको सम्मानमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रम प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा भएको थियो ।

संघका अध्यक्ष श्री ज्ञामुराम न्यौपानेको अध्यक्षतामा माननीय सामान्य प्रशासन मन्त्री रेखा शर्मा ज्यूको प्रमुख आतिथ्यतामा संघको सभाहलमा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा उपस्थित महानुभावहरुलाई संघका वरिष्ठ उपाध्यक्ष केदारमान कक्षपतिले स्वागत गर्नु भएको थियो ।

साथै कार्यक्रम वीच संघका अध्यक्ष पूर्वअध्यक्षहरु राज कुमार कक्षपति र नीम नारायण नकर्मीले खादा ओढाएर सम्मान गर्नु भएको थियो ।

मन्तव्यको क्रममा माननीय मन्त्री ज्यूले प्यूठान जिल्लाको विकासको लागि सवैले हातेमालो गरेर अगाढी वढ्नु पर्ने वताउनु भयो । साथै प्यूठानका सम्भावनाहरुलाई संघले योजना वनाएर अगाढी वढ्नु पर्ने र सो विषयमा आफुले भरपुर सहयोग गर्ने वताउनु भयो ।